दफा १३
राजस्व र व्ययको अनुमान तयार गर्ने
: अर्थ मन्त्रालयले राजस्व र व्ययको अनुमानमा देहायका विवरण समेत समावेश गर्नु पर्नेछ :-
(क) अघिल्लो आर्थिक वर्षमा गरिएको राजस्वको अनुमान अनुसार
राजस्व सङ्कलन भए नभएको तथा प्रत्येक मन्त्रालयलाई छुट्याइएको रकमबाट भएको खर्च र खर्च अनुसारको लक्ष्य हासिल भए वा नभएको विवरण,
(ख) दफा ६ बमोजिमको मध्यमकालीन खर्च संरचना,
(ग) नेपाल सरकारको स्रोत, वैदेशिक सहायता तथा आन्तरिक क्रणबाट प्रत्येक खर्च शीर्षकको लागि व्यहोरिने कार्यक्रमको विवरण,
(घ) आगामी तीन आर्थिक वर्षको राजस्व र व्ययको प्रक्षेपण,
(ङ) क्रण, लगानी तथा दायित्व सम्बन्धी विवरण,
(च) आर्थिक सन्तुलन कायम गर्न अपनाइने रणनीति उल्लेख भएको वित्त नीति,
(छ) आगामी तीन आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा हुने वृद्धिदर, मुद्रास्फिति, चालू खाता सन्तुलन र भुक्तानी सन्तुलनको स्थिति समेत उल्लेख भएको समष्टिगत आर्थिक स्थिति,
(ज) कर बा गैर करमा छुट दिइएको विवरण,
(झ) अघिल्लो आर्थिक वर्षको वैदेशिक सहायता प्राप्तिको विवरण ।